राजनीति आफैमा धेरै पृष्ठभूमि बोकेर आउने शब्द हो । राजनीतिका पछाडि आर्थिक र सामाजिक-सांस्कृतिक अवस्था सधै गा“सिएको हुन्छ । नेपाली राजनीतिको वर्तमान अवस्थालाई भारतका राष्ट्रपिता महात्मा गान्धीस“ग जोडिएका सर्न्दर्भमा राखेर बढी विस्तारमा बुझ्न वर्तमान र विगतका तीनवटा प्रसङ्गलाई सम्झनु उपयोगी हुनेछ ।
ल दसवर्षलामो आफ्नो सशस्त्र व्रि्रोहलाई विश्राम दि“दै शान्तिपर्ूण्ा जनआन्दोलनका माध्यमबाट नेपालको राजनीतिक परिवर्तनका निम्ति नेपाल कम्युनिस्ट पार्टर्ीीमाओवादी) नेपाली कांग्रेसलगायत सात राजनीतिक दलस“ग बाह्रबु“दे समझदारी -२०६२) का लागि तयार हु“दा गान्धीको भूमिमात्रै होइन कार्यशैली पनि पृष्ठभूमिका रूपमा थियो भन्ने तथ्यलाई बिर्सन मिल्दैन । शान्तिपर्ूण्ा जनआन्दोलन -सन् २००६) बाट प्रारम्भ भएको यो राजनीतिक-संवैधानिक बाटोले संविधानसभाको निर्वाचनमार्फ सहभागिता र प्रतिनिधित्वपर्ूण्ा हिसाबले लोकतान्त्रिक संविधान बनाउने ठाउ“मा हामीलाई ल्याइपुर्याएको छ ।
ल नेपाली राजनीतिले पहिलोपटक गान्धीलाई आजभन्दा करिब ७० वर्षघि क्रियात्मक रूपमा नै अ“गालेको हो जुन वेला गान्धी सशरीर क्रियाशील थिए । मान्छेका मौलिक अधिकारलाई शान्तिपर्ूण्ा र विनम्रताका साथ संझने र प्रयोग गर्ने त्यो नागरिक प्रयत्न मूलतः गान्धीकै विचार र व्यवहारबाट प्रेरित थियो । विक्रम संवत् १९९३ मा भएको प्रजापरिषद्को जन्म र वि.स.१९९७ को सहिद काण्ड त्यस प्रयत्नका केन्द्रीय घटना हुन् । तत्कालका निम्ति सहिद काण्डले यस प्रयत्नलाई मत्थर पारे पनि नेपालको लोकतान्त्रिक आन्दोलनमा यसले उमारेको तरङ्ग थामिएन ।
ल सात साल -सन् १९५०)को क्रान्ति हु“दै गर्दा त्यस क्रान्तिका मूल रचनाकार वीपी कोइरालाले गान्धीस“ग आफ्नो पहिलो र अन्तिम पनि हुन पुगेको भेटमा भएको संक्षिप्त संवादलाई स्मरण गरेका छन् ः मेरो सहयोग र र्समर्थनको आग्रहपछि गान्धीले भने- 'के राणाहरूले मेरा कुरा सुन्लान् जब मेरा आफ्नै मानिसहरू मेरो कुरा सुन्दैनन् - म अहिले तिमीलाई मद्दत गर्ने स्थितिमा छैन ।' मैले भन“े- 'म कुनै स्थूल किसिमको मद्दतको आशा लिएर आएको होइन । म तपाइ“को नैतिक र्समर्थन चाहन्छु ।' उनले भने- 'त्यो त तिमीले प्रचुर मात्रामा पाउने छौ । मेरो सहानुभूति सधै न्यायको पक्षमा रहन्छ । त्रि्रो पक्ष न्यायको पक्ष हो ।' यसरी गान्धीस“ग नैतिक र्समर्थन मागेर फर्केको दर्ुइ दिनपछि एउटा हठधर्मीको गोलीद्वारा गान्धीको प्राणान्त भयो । अर्कोतिर नेपाली राष्ट्रिय कांग्रेस -२००३) ले प्रारम्भ गरेको शान्तिपर्ूण्ा सत्याग्रहको आन्दोलनलाई परिवर्तन गर्दै नेपाल प्रजातन्त्र कांग्रेस
-२००५)स“ग मिसिएर बनेको नेपाली कांग्रेस -२००६) ले सशस्त्र क्रान्तिको घोषणा
-२००७) गर्यो ।
माथिका तीनवटै प्रसङ्गमा पाइने एउटा अनौठो समानता के हो भने सबैस“ग गान्धी मात्रै होइन शान्ति पनि जोडिएको छ । त्यसै गरी अहिंसामात्रै होइन हिंसा र हतियार पनि जोडिएका छन् । मलाई लाग्छ, यो हामी सबैका लागि र सधैका लागि गम्भीर चुनौतीको विषय हो । यसको आधारभूत र न्यायपर्ूण्ा समाधान खोज्ने मान्छेको निरन्तरको प्रयत्न नै गान्धीको
सान्दर्भिकता हो, गान्धी विचार र कर्मको सान्दर्भिकता हो ।
निश्चय नै गान्धीका विचार र कर्मलाई उनका उत्साही अनुयायीहरूले गान्धीवादका रूपमा परिभाषित गर्ने प्रयत्न गरेका छन् । सायद गान्धी स्वयंले भने यसलाई कठिनमात्रै होइन अनावश्यक पनि देखे र उनले आफ्नै बारेमा भने- 'संसारलाई सिकाउनु पर्ने नया“ कुरा मस“ग केही छैन । सत्य र अहिंसा भनेका
पहाड जत्तिकै पुराना कुरा हुन् ।' तैपनि गान्धी विचार र कार्यका केही आधारभूत सूत्रहरू छन् ः
अहिंसा ः अभिव्यक्ति र आचरण दुवै अवस्थामा व्यक्तिगत र सामूहिक दुवै ढंगले अभ्यास गरिने विषय ।
ग्राम स्वराज्य ः राज्यको न्यूनीकरण र शासनको अकेन्द्रीकरण गर्ने प्रणाली ।
गान्धी राजनीतिमा सधै सुधार र संझौताका पक्षमा देखिए पनि सामाजिक र व्यक्तिगत हिसाबले उनी क्रान्तिकारी थिए । व्यक्तिगत स्वतन्त्रतालाई गान्धीले प्राथमिकता दिए । त्यसभन्दा पनि अत्यधिक प्राथमिकता उनले त्यसलाई प्राप्त गर्ने शैलीलाई दिएका छन् । हिंसाले व्यक्तिको विवेकलाई स्थगित र स्वतन्त्रतालाई र्सवाधिक हानि पुर्याउ“छ भन्ने तथ्य गान्धीले प्रकट गरेका पटकपटकका विचारहरूको सार हो । त्यसैले उनले राजनीतिमा अहिंसालाई जोड दिए ।
हिंसा हतियारको प्रयोगले मात्रै हुने होइन विचार र व्यवहारले पनि हिंसा हुने गर्छ भन्ने धारणालाई गान्धीले बारम्बार बुझाउने प्रयत्न गरेका छन् । तर हिंसाको निषेध अहिंसाको प्रचारले हु“दैन, समाजमा न्याय र समानताको स्थापनाले मात्र सम्भव र सहज बनाउ“छ । त्यसैले शान्तिका लागि पनि सामाजिक न्यायको आवश्यकता देखिएको हो । सहभागिता र प्रतिनिधित्वको सन्तुलित र समानुपातिक प्रबन्ध तथा कसैलाई बाहिर नपार्ने समावेशी ढा“चाको खोजी सामाजिक न्यायकै निम्ति गरिएको हो । संविधानसभाका माध्यमले आज नेपालमा भइरहेको प्रयत्न पनि यसैका लागि हो ।
राज्य आफैमा हिंसाको वैधानिक र व्यवस्थित संयन्त्र हो । त्यसैले राज्यको न्यूनीकरणमा गान्धीले सधै जोड दिए । यस सर्न्दर्भमा गान्धीका विचार साम्यवाद र अराजकतावादस“ग पनि बारम्बार मिल्न खोज्छन् । राज्य अन्ततः आफै समाप्त भएर जान्छ भन्ने आकाङ्क्षाका साथ राज्यको न्यूनीकरण गान्धीको प्राथमिकतामा परेको हो । उनी त्यस्तो साम्यवादको पक्षमा उभिएका छन् जहा“ बल र हिंसाको प्रयोगविना नै नागरिकहरू आफ्ना उत्पादन समाजलाई स्वेच्छाले अर्पण गर्छन् र आफूलाई चाहिने न्यूनतम वस्तुमात्रै त्यसबाट ग्रहण गर्छन् । यो एउटा
आदर्शजस्तै कुरा हो । त्यसो त मार्क्सले देखाएको साम्यवादको अन्तिम गन्तव्य पनि यसैलाई भनिन्छ ।
मार्क्सवादीहरूले चाहि“ साम्यवादमा पुग्न हिंसात्मक बाटो प्रोत्साहितमात्रै गरेका छैनन्, बारम्बार अनिवार्य मान्दै आएका छन् । यस्तो हिंसात्मक बाटोबाट अहिंसात्मक समाजको स्थापना गर्नै सकि“दैन भन्ने गान्धीको जोड हो । सम्भवतः यसैले गान्धी भविष्यको सम्भावनाभन्दा वर्तमानको आचरणलाई जोड दिन चाहन्छन् । त्यसैले भन्छन्- 'यदि हामी बुद्धिमान छौं भने हामीले वर्तमानप्रति जिम्मेवार हुनर्ुपर्छ, भविष्य आफ्नाप्रति आफै जिम्मेवार हुनेछ ।'
गान्धीले आफूलाई राज्यको न्यूनीकरणमा मात्रै होइन शासनको अकेन्द्रीकरणलाई पनि सधै जोड दिएका छन् । अकेन्द्रित शासन प्रणालीले सत्तालाई कुनै एउटा संस्था वा व्यक्तिमा थुप्रिन दि“दैन जसले गर्दा निरङ्कुशताको प्रादर्ुभाव हुनु सम्भव हु“दैन । राज्यप्रति प्रत्येक व्यक्तिमा अपनत्वको भाव जागृत हुने अवस्था बन्छ । यसले व्यक्ति वा प्रत्येक नागरिकलाई अपेक्षाकृत बढी जिम्मेवार बनाउनेछ । अकेन्द्रीकरणबारे गान्धीले गरेका प्रवचनको सार यही हो ।
अहिले हामी केन्द्रीकृत शासनमा रहेको नेपाललाई अकेन्द्रित गर्दै संघीयतामा रूपान्तरण गर्ने तयारीमा छौं । निश्चय नै अकेन्द्रित गर्ने हाम्रो सीमा प्रदेशमा मात्र सीमित हुने छैन । स्थानीय तहसम्म पनि सत्ता र सरकारलाई वितरण गर्नु संघीयताको मूल ध्येय हो । यसो गर्दा प्रत्येक नागरिकलाई आफ्नो शासक आफै बनेको अनुभूति हुनेछ । सम्भवतः राज्यलाई समाप्त गर्न नसकिए पनि त्यसलाई नागरिक मैत्रीको संरचनामा बदल्न संघीयताको राम्रो व्यवस्थापनले हामीलाई सहयोग पुर्याउन सक्छ ।
यिनै प्रसङ्गका बीच नेपालमा यतिखेर पनि गान्धी सान्दर्भिक छन् भन्ने लाग्छ । अन्तमा गान्धीको सान्दर्भिकताबारे छलफललाई अघि बढाउनु अघि सुप्रसिद्ध विद्वान एवं भारतका पर्ूवराष्ट्रपति र्सवपल्ली राधाकृष्णन्को गान्धीबारेको एउटा टिप्पणीलाई स्मरण गरौं ः
'आधुनिक कालमा भइरहेको परिवर्तनको बढ्दो गतिले अब एक सय वर्षा संसारमा कस्तो हुने हो हामी जान्दैनौं । भविष्यमा हुने विचार र भावनाको प्रवाहलाई हामी अहिले सोच्न सक्तैनौं । समय बित्दै जाला, तर सत्य र अहिंसाका महान् सिद्धान्तहरू हामीलाई बाटो देखाउन रहिरहलान् । क्लान्त र अशान्त संसारमाथि रखवारी गरिरहने ती मौन तारा हुन् । गान्धीजीजस्तै हामी पनि र्सर्दै गइरहेको बादलमाथि र्सर्ूय चम्कन्छ भन्ने विश्वासमा दृढ हुन सक्छौं ।'
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment